दाङमा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्याक्रिया

0
Shares

 

दाङ, २४ मंसिर –  दाङ जिल्लामा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा स्तनक्यान्सरको सफल उपचार भएको हो ।

अस्पतालले स्थानीय सैघा गाविस– ५ निवासी ४२ वर्षीया चन्द्रकला थापामगरको स्तनको सफल शल्यक्रिया गरेको अस्पतालका सल्यचिकित्सक डा. रमेश बस्नेतले जानकारी दिए ।  उनका अनुसार बिरामी दुई महिनादेखि स्तनक्यान्सरबाट ग्रसित थिइन् ।

सो उपचारले जिल्लाका क्यान्सर रोगी उपचारका अन्यत्र जानु पर्दैन भन्दै अस्पताल प्रशासनले रोगीको सेवाका लागि अस्पतालमा प्रयोगशाला र किमो थेरापीको आवश्यकता भएको जनाएको छ ।

सल्यचिकित्सक डा. बस्नेत, रामपुकार शाह र स्टाफ नर्ससहितको चार जनाको टोलीले सो शल्यक्रिया गरेको शल्यक्रिया पछि बिरामी थापा मगर स्वास्थ्य लाभ गरी फर्किसकेको जनाइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *