सानो बच्चाको लागि फाइदाजनक आलु

108
Shares

तपाईँको भान्छामा आलुको परिकार कत्तिको बन्ने गर्छ ? अनि तपाईँले आफ्ना बालबच्चालाई आलु कत्तिको खुवाउनुहुन्छ ? यदि खुवाउनु भएको छैन भने अव खुवाउने गर्नुस् ।

एक सोधपत्रका अनुसार १ देखी ३ बर्ष उमेर समूहका बालबालिकाको लागि चाहिने पोटासियम र फाइबरको एक प्रमुख स्रोत हो आलु । सोधकर्ताहरुका अनुसार अनुसार मावन शरीरको विकासको लागि जरुरी हुने फाईबर आलूले आपूर्ती गर्छ ।

बेलर कलेज अफ मेडिसिनका सोधकर्ता थेसोरा मिकलले भने , बालबच्चाले सबै खालका तरकारी खान जरुरी हुन्छ । खासगरी पोटासियम र फाइबर पाइने तरकारी बच्चालाई एकदम जरुरी हुन्छ । र त्यसको लागि सबैभन्दा उपयुक्त आलू र त्यसका परिकार हुनसक्छ ।

उनले बच्चाहरुले अरु तरकारीहरु स्वादका हिसावले मन नपराएपनि आलु भने धेरैले मन पराउने गरेको बताए । उनी भन्छन्, त्यसैले तपाईँ फाइदा उठाउनुस् र बच्चाको खानामा आलु समावेस गर्नुस् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *