सरकारी पक्षसंग तीन बुँदे सहमति पछि औषधी व्यवसायीको आन्दोलन स्थगित (सहमतिका बुँदा सहित)

28
Shares
फाइल तस्बिर

काठमाडौँ, १५ मंसिर । विभिन्न छ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएका औषधी व्यवसायी र सरकारपक्षबीच आज भएको बार्तामा तीन बुँदै सहमति भएको छ । सहमति संगै व्यवसायीहरुको संघर्ष समितिले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको बार्तामा सरकारका तर्फबाट औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय महाशाखा प्रमुख डा भीमप्रसाद सापकोटा सहभागी थिए । आन्दोलनरत औषधी व्यवसायीहरुको तर्फबाट संयोजक श्रीधर खनालसहित १४ जना सहभागी थिए ।

के के विषयमा भयो सहमति ?
त्रिपक्षीय भनिएको सहमतिको

पहिलो बुँदामा

‘व्यवसायीका संगठनहरुले औषधी ऐन २०३५ को दफा ११ का उपदफा (३) संशोधन र उपदफा (५) खारेज गर्नुपर्ने माग पेश गर्नु भएकोले सो सम्वन्धमा औषधी ऐन २०३५ को दफा ११ का उपदफाहरुमा प्रचलित कानून बमोजिम संसोधन गर्नका लागि आवश्यक प्रक्रिया ३० दिन भित्र सहजीकरण गर्ने,’ भनिएको छ ।

यस्तै दोस्रो बुँदामा

‘मिति २०८२र८र२ मा औषधी व्यवसायीका संगठनहरूले पेश गर्नु भएका विषयहरूमध्ये कानुनसँग सम्बन्धित बाहेकका विषयहरु (प्रशासनिक निर्णयबाट समाधान हुने, औषधि पुनःदर्ता लगयातका जस्ता विषय) औषधि व्यवस्था विभागमार्फत सहजीकरण गर्ने,’भन्ने छ ।

यसैगरी सहमतिको तेस्रो बुँदामा

‘औषधी व्यवसायी संघको नेतृत्वमा बनेको राष्ट्रिय औषधी व्यवस्था संरक्षण समितिले आजका मिति देखि आन्दोलनका कार्यक्रमहरु फिर्ता लिने निर्णय गर्ने ‘ भनिएको छ ।

हेर्नुहोस सहमतिका बुँदाहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *