अस्पताल निरीक्षणलाई निरन्तरता दिदै स्वास्थ्य मन्त्री डा. शर्मा, आज गईन वीर अस्पताल

64
Shares

काठमाडौँ, १ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतम शर्माले अस्पताल तथा स्वास्थ्य संस्था निरीक्षणलाई निरन्तरता दिएकी छन् ।

हिजो उनले बुढानिलकण्ठ स्थित राष्ट्रिय आयुर्वेद, पंचकर्म तथा योग केन्द्र र महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको निरीक्षण गरेकी थिईन् । आज भने उनले महावौद्यस्थित वीर अस्पतालको निरीक्षण गरेकी हुन् ।

निरीक्षणका क्रममा उनले अस्पतालको उपचार तथा सरसफाईको अवलोकन, सेवाग्राहीको गुनासो सुन्ने र पदाधिकारीहरुसंग जवाफ लिने गरेकी थिईन् । सो क्रममा उनले अस्पताल सेवा सुधारका लागि आवश्यक निर्देशन समेत दिएकी थिईन ।

वीर अस्पताल निरीक्षण पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा मन्त्री शर्माले कुनै पनि निजी अस्पतालको भन्दा सेवामा कमि नभएको भन्दै वीर अस्पतालको सेवा प्रति ढुक्क हुन आग्रह गरिन ।

उनले अघिल्लो सरकारको स्वास्थ्य मन्त्री रहेका प्रदीप पौडेलको आफू सल्लाहकार भएर काम गरेको र सो क्रममा उनले अस्पतालमा शल्यक्रियाको पालो पाउन गाह्रो भएको गुनासो धेरै सुनेको भन्दै अहिले भने सो समस्या पनि समाधान हुँदै गएको बताईन् ।’पहिले भन्दा धेरै नै सुधार भएको रहेछ,’ मन्त्री डा. शर्माले भनिन् ।

त्यसअघि उनले अस्पताल फार्मेसीलाई स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको समन्वयमा पीएएमएस२ प्रणाली मार्फत फार्मेसीमा रहेका औषधीको स्टक व्यवस्थापन गर्न, टेलीहेल्थलाई प्रभावकारी बनाई, विदेशमा काम गर्ने नेपाली श्रमिकहरूको उपचार टेलिमेडिसिन मार्फत व्यवस्थित र प्रभावकारी रूपमा संचालन गर्न निर्देशन दिएकी थिईन ।

यस्तै बिरामीको चापलाई ध्यानमा राखी, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा रहेको सिटी स्क्यानलाई तत्काल वीर अस्पतालमा ल्याउन, राष्ट्रिय आविष्कार केन्द्रसँग समन्वय गरी वीर अस्पतालका बिग्रेको मेडिकल तथा अन्य उपकरणहरूको तत्काल मर्मत गर्न र स्वास्थ्य बीमा फार्मेसीमा सूचीकृत सबै औषधीहरु वीर अस्पतालको फार्मेसीमा उपलब्ध गराउन निर्देशन दिएकी थिईन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *