जेन्जी प्रदर्शनका क्रममा घाइते भएकाहरुको वर्गाीकरण गर्दै सरकार, जिल्ला-जिल्लामा समिति गठन

36
Shares

काठमाडौँ, २८ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन्जी प्रदर्शनका क्रममा घाइते भएकाहरुको वर्गाीकरण गर्ने भएको छ।

बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै ‘जेन्जी प्रदर्शनका घाइतेहरुको वर्गाीकरण सम्बन्धी कार्यविधि २०८२’ अनुसार घाइतेहरुको वर्गाीकरण गर्न लागेको हो।

उक्त वर्गाीकरण कार्यलाई सहज बनाउन प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी आठ सदस्यीय जिल्ला स्तरीय वर्गाीकरण तथा सहजीकरण समितिको प्रावधान रहेको मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले पनि सबै जिल्ला प्रशासन कार्यालयहरुलाई घाइतेहरुको वर्गाीकरण कार्य यथाशिघ्र सम्पन्न गरी स्वास्थ्य मन्त्रालयमा रहेको समितिमा विवरण पठाउन परिपत्र गरिसकेको छ।

उक्त कार्यविधि अनुसार वर्गीकरणको काम समयमै सकाउन जिल्लास्थित अस्पतालका प्रमुख, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई सहयोग र समन्वय गर्न मन्त्रालयले आग्रह गरेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *