नव आगन्तुक विद्यार्थीहरूका लागि कान्तिपुर डेन्टल कलेजमा परिचयात्मक कार्यक्रम सम्पन्न

108
Shares

काठमाडौँ, २६ कात्तिक । बसुन्धरामा रहेको कान्तिपुर स्कुल अफ डेन्टिस्ट्री र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा नव आगन्तुक विद्यार्थीहरूका लागि परिचयात्मक (ओरिन्टेशन) कार्यक्रम सम्पन्न भएको छ।

कलेजको सेमिनार हलमा बुधबार आयोजित कार्यक्रममा डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट लेभल इन डेन्टल साइन्स, र डिप्लोमा इन डेन्टल हाइजिनिष्ट अध्ययनका लागि हालै भर्ना भएका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार, कार्यक्रममा विद्यार्थीहरूलाई आफ्ना अध्ययन विषय, त्यसको शैक्षिक तथा व्यावसायिक अवसर (स्कोप), पाठ्यक्रम, र भविष्यमा रोजगारका सम्भावनाबारे विस्तृत जानकारी दिइएको थियो।

साथै, नेपाल तथा विदेशमा डेन्टल हाइजिन पेशाको अवस्था, ‘अन द जब’ अनुभव, र व्यवहारिक पक्षका बारेमा समेत शिक्षक, कोअर्डिनेटर तथा इन्स्ट्रक्टरहरूले जानकारी दिएका थिए।

कान्तिपुर स्कुल अफ डेन्टिस्ट्री नेपालकै पहिलो डेन्टल हाइजिन स्कुल समेत हो । यसले सन् २००० बाट डेन्टल हाइजिन कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो कार्यक्रम प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त र नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट स्वीकृत प्राप्त छ।

सन् २००५ बाट सुरु गरिएको सर्टिफिकेट लेभल डेन्टल हाइजिन कार्यक्रम अहिले २०औँ ब्याचमा पुगेको छ। प्रत्येक ब्याचमा करिब ४० जना विद्यार्थी अध्ययन गर्छन्। हाल नेपालभर करिब चार हजारजना डेन्टल हाइजिन व्यावसायिक क्रियाशील रहेका छन् भने यस विषय पढाउने १३ वटा कलेजहरू सञ्चालनमा छन्।

डा. श्रेष्ठका अनुसार, आजको ओरिन्टेशन कार्यक्रमले नव आगन्तुक विद्यार्थीहरूलाई आफ्नो अध्ययन यात्राको दिशाबोध र प्रेरणा दिने उद्देश्य राखिएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *