नेपाल फर्मा एक्स्पोको दशौँ संस्करण फागुनको अन्तिम साता काठमाडौँमा हुने

40
Shares

काठमाडौं । १० औं नेपाल फर्मा एक्स्पो २०२६ आगामी फागुनको अन्तिम साता काठमाडौँमा हुने भएको छ । औषधी उत्पादक संघ नेपाल (एपोन)को आयोजनामा हरेक दुई दुई वर्षको अन्तरालमा हुँदै आएको एक्स्पो आगामी २८ देखि ३० फागुन सम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको हो ।

यसअघि एक्स्पोका केही संंस्करण चितवनको भरतपुरमा हुँदै आएको थियो ।

‘नेपाल फर्मा एक्स्पो देशकै सबैभन्दा ठूलो औषधी तथा स्वास्थ्य क्षेत्रको प्रदर्शनी हो, जहाँ औषधी उद्योगका नवीनतम उत्पादन, प्रविधि र नवप्रवर्तन प्रस्तुत गरिनेछन्। यस वर्षको एक्स्पोले स्वदेशी औषधी उद्योगको क्षमता र नवप्रवर्तनलाई विश्वसामु चिनाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ,’ एक्स्पोका संयोजक समेत रहेका एपोन उपाध्यक्ष सन्तोष बरालले भने । उनका अनुसार एक्स्पोका लागि बुकिङ प्रक्रिया चाँडै सुरु हुनेछ। ‘हामी सहभागीहरूलाई स्थान, दर तथा अन्य विवरणहरू शीघ्र उपलब्ध गराउँदैछौं,’ उनले भने।

कार्यक्रममा औषधी  कम्पनी, स्वास्थ्य उपकरण निर्माता, फार्मास्युटिकल आपूर्तिकर्ता, विज्ञ तथा अनुसन्धानकर्ताको सहभागिता रहनेछ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *