डब्लुएचओ नेपाल प्रमुख डा. पाण्डवको उपभोक्ता हित संरक्षण मञ्चद्धारा विदाई

काठमाडौँ, २६ कात्तिक । उपभोक्ता हित संरक्षण मञ्च नेपालले आफ्नो पाँच वर्षे कार्यकाल पुरा गरी फर्किन लागेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का नेपाल प्रमुख डा. राजेश सम्भाजीराव पाण्डवको विदाई गरेको छ ।
नेपालको स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान गरेको भन्दै मञ्चले मंगलबार एक कार्याक्रमको आयोजना गरि डा. पाण्डवको विधाई गरेको हो ।
कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष ज्योति बानियाले कोभिड महामारीका बेला जिम्मेवारी सम्हाल्न नेपाल आएका डा पाण्डवले नेपाली मन बुझेर आफ्नो काम गरेको बताए । उनी जागिरे मात्रै थिएनन्, प्रतिनिधि मात्रै थिएनन्, उनी नेपालीहरुको हितैसी बनेर काम गरे ।
उपभोक्ताको स्वास्थ्य अधिकारका लागि काम गरे, त्यसैले हामीले ससम्मान विदाई गरेका हौँ । उनले भने । बानियाँले डा. पाण्डवलाई भविस्यमा दक्षिणपूर्वी एसिया क्षेत्रको निर्देशकको भूमिकामा काम गर्ने अवसर मिलोस भनेर शुभकामना दिएका थिए ।
सो क्रममा बोल्दै डब्लुएचओ प्रमुख डा. पाण्डवले उपभोक्ता हित संरक्षण मञ्चले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि गरेको काम, सञ्चारमाध्यममा मदिराको विज्ञापन रोक्नका लागि गरेको कामको प्रसंशा गर्दै जनस्वास्थ्यका लागि थप काम गर्न शुभकामना दिए । उनले आफ्नो मञ्च जस्ता थुप्रै संस्थाको सहयोगमा कामलाई सहज ढंगले अघि बढाउन सकिएको भन्दै धन्यवाद व्यक्त गरे ।
डाक्टर पाण्डवको २१ नोभेम्बरमा नेपालको कार्यकाल सकिदै छ । उनी १ डिसेम्बरबाट डब्लुएचओ प्रमुखको रुपमा श्रीलंकामा हाजिर हुन पुग्नेछन् । नेपालमा भने डब्लुएचओ प्रमुखको रुपमा आउने व्यक्तिको अझै टुंगो लागि सकेको छैन ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



