चिकित्सा शिक्षा आयोगद्धारा एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ, २५ कात्तिक । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह अन्तर्गत एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
शैक्षिक सत्र २०८२/८३ का लागि गत १५ कात्तिकमा सञ्चालन गरिएको उक्त परीक्षामा सहभागी उम्मेदवारहरू मध्ये योग्यताक्रममा रहन सफल ८७७२ जना परीक्षार्थीहरूको नामसूची आयोगले सार्वजनिक गरेको हो।
आयोगले परीक्षामा उक्तपुस्तिकामा रोल नंम्बरको बबल सहि किसिमले नभर्ने ९८ जना, सेट तथा रोलनम्बर दुबैमा बबल सहि किसिमले नगर्ने ११ जना, सेटको बबल सहि किसिमले नभर्ने ५९ जना र परीक्षाको मर्यादा विपरित कार्य गरेका २ जना परीक्षार्थीको उत्तरपुस्तिका रद्ध गरेको बताएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



