सुत्केरी गराउन आएकी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त

148
Shares

काठमाडौँ, २४ कात्तिक। सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएपछि भरतपुर अस्पताल परिसर तनावग्रस्त बनेको छ ।

पर्सा स्थायी घर भई चितवनको कालिका नगरपालिका–२ बस्ने ३० वर्षकी संगीता विकको शनिबार उपचारको क्रममा मृत्यु भएपछि परिवार र आफन्तले चिकित्सकको लापरबाही भन्दै अस्पतालमा नाराबाजी गरेका छन्।

आफन्तले चिकित्सकको लापरबाहीका कारण संगीताको ज्यान गएको भन्दै छानबिन र दोषीलाई कारबाही गर्न माग गरेका छन्।

अस्पतालका प्रवक्ता एवम् स्त्री तथा प्रस्तूति रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले उपचारमा कुनै लापरबाही नभएको भन्दै पल्मोनरी एम्बोलिजमका कारण विकको मृत्यु भएको बताएका छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *