नर्स तथा पेशागत संगठन र सरकारी अधिकारीबीच तीन बुँदे सहमति, आन्दोलन स्थगित

288
Shares

काठमाडौँ, २१ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तीन बुँदे सहमति गरेपछि नर्स ज्योति रानाभाट समूहले पनि आन्दोलनको कार्यक्रम स्थगित गर्दै काममा फर्कने निर्णय गरेको छ ।

गत शनिबार स्वास्थ्य मन्त्री डा सुधा शर्मा समेतको सहभागिता कार्यदलका सदस्यहरुबीच भएको सहमति प्रति रानाभाट समूहले असहमति जनाएको थियो । सो समूहले स्वास्थ्यका अरु पेशागत संगठनलाई समेत एकीकृत गर्दै संयुक्त आन्दोलनको घोषणा समेत गरेको थियो ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले पछिल्लो पटक संयुक्त आन्दोलन गर्ने घोषणा गरेका पेशागत संगठनका अधिकारीहरुलाई बोलाएर तीन बुँदे सम्झौँता गरेका हुन् ।

कार्यदलकी सदस्यसचिव डा. सुनिता लम्सालले आन्दोलनमा जाने घोषणा गरेका नर्सबाहेक अरु पेशागत संगठनका प्रतिनिधिहरुसंग पनि छलफल गरी सम्झौँतामा पुगिएको बताईन् ।

उनले गत २४ असोजमा मन्त्रालयको तर्फबाट सरोकारवाला पक्षलाई पठाएको परिपत्र र गत शनिबार भएको सहमतिको पहिलो बुँदा कार्यान्वयन गर्ने विषय कार्यान्वयन गर्ने विषयमा छलफल र सहमति भएर आन्दोलन स्थगित भएको दावी गरिन ।

गत शनिबार भएको सहमतिको पहिलो बुँदामा ‘मन्त्रालयले गत २७ मंसिर २०८१ एवं २४ असोज २०८२ मा परिपत्र गरे बमोजिम नर्स तथा स्वास्थ्यकर्मीहरुको न्युनतम पारिश्रमिक लगायतका सेवा सुविधाहरुको सुनिश्चितताको लागि सबै सरोकारवालाहरुको प्रतिवद्ध छौँ,’ भनिएको छ ।

शुक्रबार (आज)को सहमतिमा ‘गतवर्ष २७ मंसिर र यसवर्ष २४ असोजमा स्वास्थ्य मन्त्रालयले निर्णय भए बमोजिम नर्स तथा स्वास्थ्यकर्मीहरुलाई पारिश्रमिक एवं सेवा सुविधाहरु कार्यान्वयन गराउनका लागि सबै सरोकारवालाहरुको प्रतिवद्धता प्राप्त भएको,’ भनिएको छ ।

यस्तै गत २ कात्तिकमा प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री ज्यूको निर्णय बमोजिम गठन भएको प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वको समितिमा पेशागत संगठनका प्रतिनिधिहरु थप गर्ने र तेस्रो बुँदामा आन्दोलनमा रहेका पेशागत संघ संगठनहरुले आजैका मिति देखि हाल घोषित आन्दोलनका कार्यक्रमहरु हाललाई स्थगित गरि नियमित स्वास्थ्य सेवामा फर्किने भन्ने छ ।
सदस्यसचिव डा सुनिताले थप प्रतिनिधिहरुको संख्या कति हुने र को कोलाई थप गर्ने भन्ने विषयमा पेशागत संघ संगठनको तर्फबाट उपलव्ध गराउने बताईन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *