अदालतको अवेहलना मुद्धामा डा. तिवारीले पाए सफाइ

काठमाडौँ, १९ कात्तिक । उच्च अदालत पाटनले नेपाल चिकित्सक संघका महासचिव समेत रहेका डा. सञ्जीव तिवारी विरुद्ध दर्ता भएको अदालतको अवहेलना सम्वन्धी दावी नपुग्ने फैसला सुनाएको छ ।
न्यायाधीशद्धय राजुकुमार खतिवडा र अवनी मैनाली भट्टराईको संयुक्त ईजलासले अवहेलनाका सम्वन्धमा निवेदकको ‘दावी नपुग्ने’ फैसला सुनाएको हो । यो संगै डा तिवारीले अवहेलना सम्वन्धी मुद्धामा सफाई पाएका छन् ।
उपचारमा लापवाही गरेको भन्दै उपभोक्ता अदालतले चिकित्सक तथा अस्पतालमाथि धमाधम कार्वाहीको फैसला सुनाउन थालेपछि नेपाल चिकित्सक संघले त्यसबिरुद्ध आन्दोलनको घोषणा गरेको थियो ।
सो क्रममा संघका महासचिव समेत रहेका डा तिवारीले जारी गरेका बक्तव्य तथा अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले उनलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा गत १७ असारका दिन मुद्धा दायर गरेको थियो ।
सोही मुद्धाको आज फैसला भएको हो ।

विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



