पीसीएल नर्सिङ लाइसेन्स परीक्षामा साढे १७ प्रतिशत पनि भएनन् उत्तीर्ण !

500
Shares

काठमाडौँ, १९ कात्तिक । प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ उत्तीर्ण भई लाइसेन्स परीक्षा (नाम दर्ता) मा सहभागी नर्सहरुको नतिजा यसपटक ‘ध्वस्त’ भएको छ ।

नेपाल नर्सिङ परिषद्ले गत १६ देखि १८ कात्तिक (हिजो) सम्म सञ्चालन गरेको परीक्षामा जम्मा १७.४४ प्रतिशत उत्तीर्ण भएका छन् । काउन्सिलका परीक्षा समितिका अनुसार यसपटक पीसीएल नर्सिङ परीक्षाका लागि ६४५ जनाले फारम भरे पनि परीक्षाका बेला ६०२ जना सहभागी भएका थिए । ती मध्ये १०५ जना मात्रै उत्तीर्ण भएका हुन् ।

यस्तै बीएस्सी नर्सिङ तर्फ ४५.७१ प्रतिशत उत्तीर्ण भएका छन् । बीएस्सी नर्सिङमा कुल २१७ जनाले फारम भरे पनि परीक्षाका बेला २१० जना उपस्थित थिए । ती मध्ये ९६ जना मात्रै पास भएका हुन् ।

यस्तै विशेषज्ञ नर्सको नाम दर्ता परीक्षामा ५६.१८ प्रतिशत पास भएका छन् । सो परीक्षाका लागि कुल ९८ जनाले फारम भरेका थिए । ती मध्ये ८९ जना परीक्षामा सहभागी भए भने उत्तीर्ण ५० जना मात्रै भएका छन् ।

तर बीएमएस (व्याचलर अफ मिडवाइफ्री)मा भने नतिजा सत प्रतिशत आएको छ । परिषद्का अनुसार परीक्षाका लागि २८ जनाले फारम भरे पनि २७ जना परीक्षामा सहभागी थिए । परीक्षामा सहभागी भएका सबै २७ जना नै उत्तीर्ण भएका हुन् ।

काउन्सिल स्रोतले पीसीएलको नतिजा विग्रनुमा पुराना र धेरै पटक अनुत्तीर्ण भएका विद्यार्थीहरु यसपटक बढी सहभागी भएको कारण हुन सक्ने बताएको छ ।

‘यसपटकको परीक्षामा भर्खरै पासआउट गरेका फ्रेस विद्यार्थीहरु सहभागी भएको होईन्, यसअघि पनि परीक्षा दिएर अनुत्तीर्ण भएकाहरु धेरै थिए । त्यसैले विग्रिएको होला,’ परिषद् परीक्षा समिति संयोजकले भनिन् ।

परिषद्का् यो परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन् संस्थामा कम्प्युटर विधिबाट भएको थियो ।

यस्तै परिषद्ले उत्तीर्ण विद्यार्थीहरुको लागि २३, २४ र २५ कात्तिकमा प्रमाणपत्र वितरण हुने तालीका समेत सार्वजनिक गरेको छ ।

यसैगरी अनुत्तीर्ण भएका विद्यार्थीहरुले नतिजामा चित्त नबुझे ३५ दिन भित्र निवेदन दिन सक्ने समेत बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *