आन्दोलनरत नर्सहरुको मागमा सहमति

ज्योति रानाभाटहरुको समूहले भने सहमति पत्रमा हस्ताक्षर गरेन
656
Shares

काठमाडौँ, १५ कात्तिक । आन्दोलनरत नर्सले उठाएको मागमा सहमति जुटेको छ । स्वास्थ्य मन्त्रालयमा आज दिनभर बसेको बार्तामा नर्सहरुले उठाएको मागका मुख्य विषयमा सहमति जुटेको हो ।

नेपाल नर्सिङ संघका अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माका अनुसार अब निजी मेडिकल कलेजहरुले ३४ हजार ७३० रुपैयाँ दिने छन् । निजी अस्पतालहरुले भने त्यसको कम्तिमा ८० प्रतिशत तलव दिनु पर्ने भएको छ ।

तर आन्दोलनरत नर्सको प्रतिनिधि भनिएका ज्योति रानाभाटहरुको समूहले भने यसमा सहमति नगरी बाहिरिएको छ ।

स्वास्थ्य मन्त्री सुधा शर्मा, सचिव डा विकास देवकोटा, अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठ सहित निजी मेडिकल कलेज संघका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्की, निजी अस्पताल सञ्चालकहरुको संस्था अफिन अध्यक्ष डा पदम खड्का लगायतका प्रतिनिधिहरुले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *