तोडफोड र आक्रमणपछि:

किष्ट मेडिकल कलेज र मृतकका आफन्तबीच सहमति

260
Shares

काठमाडौँ, ११ कात्तिक । ललितपुरस्थित किष्ट मेडिकल कलेज तथा अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि सोमबार भड्किएको हिंसा आज मत्थर भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा सोमबार राती ११ बजे अस्पताल प्रशासन र मृतकका आफन्तबीच सम्झौँता भएपछि हिंसा मत्थर भएको हो ।

अस्पतालका सिओओ अमिस पाठकले सोमबार राती जिल्ला प्रशासन कार्यालयमा भएको छलफल केही बुँदामा सहमति भएको भन्दै यसले असहज बातावरणलाई सहजता तर्फ ल्याउन सहयोग गरेको बताए । यद्धपी के के बुँदामा सहमति भयो भनेर खुलाउन चाहेनन् ।

‘सुत्केरी हुने क्रममा कसरी ज्यान गयो भन्ने विषयमा जानकारी दिईयो, मानवीय हिसावले मृतकको उपचार हुँदा लागेको खर्च र शिशुको उपचार खर्च छुट दिने सहमति भएको छ, केही अवधी सम्मका लागि । अरु त्यस्तो त केही छैन । जे होस अहिलेको गतिरोधबाट निकास निकाल्न हामी दुबै पक्ष इमान्दारका साथ एउटा सहमतिको विन्दुमा पुग्यौँ,’ उनले भने ।

सहमति पछि आज मृतकका परिवार तथा आफन्तले अस्पतालमा श्रद्धान्जली सभा गरेर सब बुझ्ने तयारी गरेका छन् ।

सामान्य रुपमा सुत्केरी हुनुभएकी खोटाङ हलेसी तुवाचुङ नगरपालिका ९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राती मृत्यु भएपछि आक्रोसित मृतकका आफन्तले अस्पताल तोडफोड गरेका थिए ।

सो क्रममा प्रहरीले लाठी चार्ज र अश्रु ग्यास समेत प्रहार गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *