स्वास्थ्य मन्त्री डा. शर्माको पहिलो निर्णय : आन्दोलनबाट प्रभावित घाइते लगायतका व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने
काठमाडौँ, ९ कात्तिक । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले शुक्रबार पदभार ग्रहण गरेकी छन् । दिउसो शीतल निवासमा शपथग्रहण गरेपछि उनले अपरान्ह मन्त्रालयमा पुगेर कार्यभार सम्हालेकी हुन् ।
सो क्रममा उनले पहिलो निर्णयका रूपमा आन्दोलनबाट प्रभावित घाइतेलगायतका व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने घोषणा गरेकी छन्।
पूर्व स्वास्थ्य सचिव समेत रहेकी डा शर्माले आफू मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताईन् ।
उनले आफ्नो प्राथमिकतामा मानसिक स्वास्थ्यसंगै जेन जी आन्दोलनका शहीद परिवारको स्वास्थ्य सेवामा रहेको बताईन् ।

उनले जेन जी आन्दोलनका शहीद परिवारलाई निशुल्क स्वास्थ्य वीमा सेवा उपलव्ध गराउनका लागि अर्थ मन्त्रालयसंग सल्लाह गर्ने योजनामा रहेको समेत जानकारी दिईन् ।
उनले जटिल अवस्थामा स्वास्थ्यको नेतृत्व गर्न आएको भन्दै भ्रष्टाचारविरुद्ध र सुशासनमा आफ्नो प्रयास रहने बताईन् ।
सम्पर्क इमेल : [email protected]



नेपाली हेल्थ 