स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी डा. शर्मा निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलको विज्ञ सल्लाहकार

काठमाडौँ, ९ कात्तिक । जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकार तेस्रो पटक विस्तार हुने क्रममा रहेको छ । प्रधानमन्त्री कार्कीले त्यसका लागि चार जनाको नाम मन्त्री पदका लागि सिफारिस गरेकी छन् ।
त्यसमध्येकी एक डा सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि भएको बताइएको छ । पूर्व स्वास्थ्य सचिव समेत रहेकी डा. शर्मा निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलको विज्ञ सल्लाहकारको भूमिका रहेकी थिईन् । जेनजी आन्दोलनले अघिल्लो सरकारलाई विस्थापित गर्दा डा. शर्मा सहित पाँच जनाको विज्ञ सल्लाहकार पद समेत स्वतः निस्कृय भएको थियो । तर जेनजी आन्दोलनले उनै डा. शर्माले झन् ठूलो जिम्मेवारीको मौका पाउने लगभग निश्चित देखिएको छ ।
यद्धपी जेनजीका केही अगुवा तथा युवा चिकित्सकहरुले शर्माको सिफारिस प्रति समेत आपत्ति जनाउन थालेका छन् ।
जेन जी नेतृत्वको सरकार भन्ने तर राजनीति दलमा चिनिएकी र निवर्तमान मन्त्रीको विज्ञ सल्लाहकारको रुपमा खटिएको व्यक्तिलाई पुन मन्त्रीमण्डलमा लैजानु, आन्दोलनकै अपमान हो । एक चिकित्सकले भने । उनले जेनजीका केही युवाहरु प्रधानमन्त्रीसंग यस विषयमा ध्यानाकर्षण गराउन जाँदै गरेको समेत बताए ।
नेपाली कांग्रेस निकट मानिने डा. शर्मा नेपाल चिकित्सक संघकी पूर्व अध्यक्ष समेत हुन् ।
उता राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा विकास गौचनले पनि स्वास्थ्य मन्त्रीका रुपमा सिफारिस भनिएकी भन्ने शर्माबाट नेपालको स्वास्थ्य क्षेत्रमा सुधार हुने आशा राख्न नसकिने भनेका छन् । उनले डा. शर्मा नेपालको स्वास्थ्य प्रणाली सुधार गर्न कुनै खास भिजन नभएको, पहिल्यै परीक्षण भैसकेको र त्यसमा फेल भएको व्यक्तिको रुपमा चित्रण गरेका छन् ।
यसैपटक मन्त्रीमा सिफारिस भएका भनिएका खगेन्द्र सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा मुद्दा रहेको छ।
मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरीका आधारमा दैलेखका मन्त्री सिफारिस सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा मुद्दा रहेको पाइएको छ।
सम्पर्क इमेल : [email protected]



नेपाली हेल्थ 