नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्माले लिइन् शपथ

104
Shares

काठमाडौँ, ९ कात्तिक । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पद तथा गोपनियताको शपथ लिएकी छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री शर्मा र  बब्लु गुप्तालाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्।

शपथलगत्तै मन्त्री शर्माले रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गई पदभार ग्रहण गर्ने छिन् ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै शर्मालाई स्वास्थ्य तथा जनसंख्यामन्त्रालय र बब्लु गुप्तालाई  युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकेकी हुन्।

मन्त्रीका लागि सिफारिस भएका चार जनामध्ये २ जनाको मात्रै शपथ भएको छ । यसअघि  सिफारिस भएका गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनार विवादमा तानिएपछि दुई जनाको शपथ भने रोकिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *