डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस

काठमाडौँ, ९ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् । प्रधानमन्त्री कार्कीले आज चार मन्त्री थप्न लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
जसमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा डा. सुधा शर्मा गौतमको नाम सिफारिस भएको बताइएको छ ।
डा.शर्मा प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सचिवको कार्यभार पनि सम्हालेकी थिइन् ।
त्यसैगरी खगेन्द्र सुनार श्रम तथा रोजगार, गणपतिलाल श्रेष्ठ पर्यटन, बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने तय भएको बताइएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



