जेनजी आन्दोलनका ११ जना घाइते अझै अस्पतालमा

52
Shares

काठमाडौँ, ९ कात्तिक ।  गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनमा घाइते भएका मध्ये अझै ११ जना अस्पतालमा उपचाररत छन् । आन्दोलन सकिएको डेढ महिना बितिसक्दा समेत अझै पाँचवटा अस्पतालमा ती घाइतेहरुको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाई (एचईओसी)को शनिबार बेलुका ७ बजे अध्यावधिक गरिएको पछिल्लो विवरण अनुसार सबैभन्दा बढी काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा ४ जना घाइतेको उपचार भईरहेको छ ।

यस्तै काठमाडौँकै त्रिवि शिक्षण अस्पतालमा ३ जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा २ जनाको उपचार भईरहेको छ । ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पताल र बिराटनगरस्थित नोवेल मेडिकल कलेजमा थप एक एक जनाको उपचार भईरहेको एचईओसीले जनाएको छ ।

डेढ महिना अघि भएको सो आन्दोलनमा २ हजार ५७१ जना घाइते भएका थिए । सोही आन्दोलनमा कुल ७६ जनाको मृत्यु भएको बताइए पनि अस्प्तालमा आएर मृत्यु भएकाको संख्या ५० रहेको एचईओसीले उल्लेख गरेको छ । अहिले उपचार पछि घर फर्केका घाइतेको संख्या २ हजार ५१० रहेको बताइएको छ ।

एचईओसीले विभिन्न अस्पतालहरुले पठाएको विवरणको आधारमा उपचार अवस्थाको बारेमा विवरण सार्वजनिक गर्दै आईरहेको छ । उपचार भईरहेका घाइतेहरुमा गम्भीर चोटपटक लागेको उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *