आज विश्व पोलियो दिवस मनाईदैं

16
Shares

काठमाडौँ, ७ कात्तिक । आज अक्टोबर २४ तारिखको दिन अर्थात विश्व पोलियो दिवस । नेपालमा पनि विविध कार्यक्रम गरि यो दिवस मनाइएकोछ ।

त्यसो त नेपाल सन् २०१४ देखि नै पोलियो मुक्त भएको देश हो । विभिन्न चुनौतीहरु हुँदा हुँदै पनि नेपालले त्यस यताको एघार वर्ष पोलियो मुक्त देशको रुपमा आफूलाई उभ्याएको छ । यसका कार्यका लागि नेपालले अघि सारेको सामुदायिक महिला स्वयंसेविका अभियान निकै प्रभावकारी भएको विश्व जगतले मूल्यांकन गर्दै आएको छ ।

विज्ञहरुका अनुसार पोलियोले २०० मध्ये १ प्रतिशत संक्रमितमा उपचार नै नहुने पक्षघात निम्तिने बताउँछन् । यस्तो खासगरी खुट्टामा देखा पर्छ ।

सन् १९९८ मा जव पोलियो उन्मुलन गर्ने योजनाका साथ ग्लोबल पोलियो इराडिकेशन इनिसियटिभ स्थापना गरियो त्यसबेला प्रत्येक वर्ष पोलियोले तीन लाख ५० हजार मानिसहरुमा पक्षघात बनाउथ्यो । तर त्यस यताको २७ वर्षमा संक्रमणको केस ९९ प्रतिशतले घटेको छ ।

पोलियोविरुद्धको खोप अभियानले १.६ करोड मानिसहरुलाई पक्षघात हुनबाट बचाइएको बताइएको छ ।
त्यसो त विश्ववाटै उन्मुलन हुने तर्खरमा रहेको पोलियो रोग अहिले पनि अफगानिस्थान र पाकिस्तानमा सक्रिय छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *