भ्रष्ट्राचारको आरोपमा स्वास्थ्य मन्त्रालयका पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रासहित १४ जना बिरुद्ध मुद्धा दायर (आरोप पत्र सहित)

648
Shares

काठमाडौँ, २ कात्तिक ।  भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्व अतिरिक्त सचिव डा. संगीता मिश्रविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले आइतबार बिशेष अदालतमा उनीसहित १५ जनाविरूद्ध मुद्दा दर्ता गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा मिलोमतोमा मेसिन खरीद गरेको उनीमाथि आरोप छ । अख्तियारले करीब १४ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको जनाएको छ ।

डा.मिश्र वर्तमान सरकारमा स्वास्थ्यमन्त्री बन्ने तयारीमा थिइन्।

उनीले सोही कारण पदबाट राजिनामा समेत दिएकी थिईन् । तर अख्तियारले उनी छानविनको क्रममा रहेको भन्दै पत्र पठाएपछि प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बनाउनबाट रोकेकी थिईन् ।

अख्यियारले आज विशेष अदालतमा डा मिश्रासहित स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा श्रवणकुमार थापा, आपूर्ति शाखाका तत्कालीन प्रमुख डा सुरेन्द्र चौरसिया, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लाल लगायतका १४ जना छन् ।

यस्तो छ अख्तियारको आरोप पत्र:

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *