भक्तपुर क्यान्सर अस्पतालद्धारा प्यालियटिभ केयर कोष स्थापनाको घोषणा

24
Shares

भक्तपुर, २९ असोज । भक्तपुर क्यान्सर अस्पतालले प्यालियटिभ केयर कोष स्थापनाको घोषणा गरेको छ ।

विश्व होस्पिस तथा प्यालियटिभ केयर दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा अस्पतालले आफ्नै नामबाट बीसीएस प्यालियटिभ केयर कोष स्थापना गर्ने घोषणा गरेको हो ।

अस्पतालले यो कोषबाट आर्थिक रुपमा कमजोर क्यान्सरका बिरामीहरुलाई निशुल्क सेवा उपलव्ध गराई सदुपयोग गर्ने योजना अघि सारेको छ ।

सो अवसरमा बोल्दै अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले क्यान्सरका बिरामीका लागि अस्पतालले अब देशभर प्यालियटिभ सेवाको बिस्तार गर्ने योजना अघि सारेको सुनाए ।

जीवनको अन्तिम चरणमा पनि प्रत्येक व्यक्तिले माया, सहानुभूति र सम्मान पाउने अधिकार छ । हामी केवल उपचार मात्र होइन, मानवताको सेवा गरिरहेका छौं । प्यालियटिभ केयर हाम्रो सामाजिक र नैतिक दायित्व हो । यसका लागि सरकारी, गैरसरकारी निकाय र समुदायबीच सहकार्य आवश्यक रहेको छ । उनले भने ।

त्यसो त भक्तपुर अस्प्तालले प्यालियटिभ केयर इकाई सञ्चालन गरिरहेको छ । त्यसलाई पनि थप सुदृढ बनाउने योजना रहेको डा चालिसेले बताए । यस्तै अस्पतालमा सर्जरी, विकिरण उपचार, किमोथेरापी, इम्युनोथेरापी, प्रयोगशाला सेवा, सिटी स्क्यान जस्ता सुविधाहरू उपलब्ध छन् । यसै वर्षदेखि पिट स्क्यान सेवा पनि सुरु हुने पनि डा चालिसेले जानकारी दिए ।

बुधबारको कार्यक्रममा सहभागिता तथा ऐकेवद्धता जनाउन मिस नेपाल २०२५ लुना लुईटेल पनि पुगेकी थिईन । सो अवसरमा बोल्दै उनले प्यालियटिभ केयर चिकित्सकीय सेवा मात्र नभई मानवीय मूल्यसँग जोडिएको अभियान हो भनदै सबैले यसलाई सामाजिक दायित्व ठान्नु पर्ने बताईन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपाल सरकारले २०२५–२०३५ को राष्ट्रिय प्यालियटिभ केयर रणनीति स्वीकृत गरेको बताए । उनले स्वीकृत रणनीतिले सेवाको बिस्तारमा महत्वपूर्ण भूमिका खेल्ने दावी गरे ।
सो अवसरमा लायन्स क्लव अफ बागमतीले क्यान्सर

कार्यक्रममा लायन्स क्लब अफ बाग्मती क्यान्सर केयरले एक लाख रुपैयाँ, डीके मेडी सेल्स पाँच लाख बराबर, पूर्व–पश्चिम चिन्ताले दुई लाख रुपैयाँ र श्रीमती उषा दीक्षित एक लाख रुपैयाँ कोषमा सहयोग गर्ने प्रतिवता जनाएका थिए ।

कार्यक्रममा दिवंगत चिकित्सक डा चाँदनी वैद्य, पूर्व निर्देशक डा। सुदीप श्रेष्ठ, डा। आरती शाह र प्रा। डा। विष्णुदत्त पौडेलको योगदानलाई सम्झना गरियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *