सरकारी सरह नर्सहरुलाई तलव खुवाउन सकिदैन : निजी मेडिकल कलेज सञ्चालक

68
Shares

काठमाडौँ, २८ असोज ।  निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरुको संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार नर्स तथा प्यारामेडिक्सहरुको तलव बढाउन नसक्ने जवाफ दिएको छ ।

एसोसिएनले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई सचिवलाई पत्र लेख्दै सो जवाफ दिएको हो । यसअघि मन्त्रालयले गत शुक्रबार निजी मेडिकल तथा डेन्टल कलेज, निजी अस्पताल सहितका सबै संस्थाहरुमा कार्यरत चिकित्सक नर्स तथा प्यारामेडिक्सहरुलाई सरकारी सरह सेवा सुविधा उपलव्ध गराउनु भन्दै पत्र पठाएको थियो ।

सरकारी सरह सुविधा दिदा मासिक ३४ हजार ७३० रुपैयाँ उपलव्ध गराउनु पर्ने हुन्छ । त्यसमा ५ हजार रुपैयाँ महंगी भत्ता थपिनु पर्ने नेपाल नर्सिङ एसोसिएसनले जनाएको छ ।

निजी मेडिकल तथा डेन्टल कलेज संघ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले सरकारी संस्थाहरुमा पूर्वाधार, उपकरण जनशक्तिमा सरकारले प्रत्यक्ष लगानी तथा अनुदान हुने, तलव भत्ता पनि राज्यको तर्फबाट हुने तर निजी क्षेत्रले ती सबै आफ्नै आम्दानीबाट व्यवस्थापन गर्नु पर्ने तर्क अघि सारेका छन् ।

उनले सरकारी सरह पारिश्रमिक लागू गर्दा आर्थिक दिगोपनामा नकारात्मक असर पर्न सक्ने शिक्षण गुणस्तर सेवा निरन्तरता र रोजगार सुरक्षामा प्रत्यक्ष प्रभाव पर्ने समेत उल्लेख गरेका छन् ।

पछिल्लो समय पोखराको मणिपाल मेडिकल कलेजमा नर्सहरुले पाँच दिन देखि आन्दोलन गर्दै आएका छन् । त्यहिको गण्डकी मेडिकल कलेजमा पनि आन्दोलन सुरु भएको बताइएको छ ।

यस्तै चितवन, जनकपुर लगायतका क्षेत्रमा भएका निजी मेडिकल कलेज तथा अस्पतालहरुमा पनि विस्तारै नर्सहरुले आवाज उठाउन थालेको बुझिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *