डेंगी संक्रमितको संख्या ६ हजार नाघ्यो, ५ जनाको मृत्यु

36
Shares

काठमाडौँ, २८ असोज । नेपालमा डेंगी सङ्क्रमितको सङ्ख्या ६ हजार नाघेको छ ।

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार गत पुसयता ६ हजार १ सय ६ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको हो ।

डेंगी सक्रमितमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार ५ सय ३५ जनामा पुष्टि भएको छ ।

त्यसैगरी, बागमतीमा १ हजार १ सय ४०, लुम्बिनीमा १ हजार ३७, कोशीमा ८ सय २८ सुदूरपश्चिममा ७ सय १४, कर्णालीमा ४ सय २४ र मधेशमा १ सय २८ जनामा डेंगी पुष्टि भएको डिसिडीले जनाएको छ ।

पछिल्लो चौबिस घण्टामा ४८ जनामा डेंगी पुष्टि भएको छ । भने एकसाताको अवधिमा ५ सय १० जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म ५ जना सङ्क्रमितको मृत्यु भएको छ ।

डेंगी सङ्क्रमण हालसम्म ७५ जिल्लामा देखिएको छ । डोल्पा र मनाङ २ जिल्लमा भने संक्रमण पुष्टि नभएको महाशाखाले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *