राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

40
Shares

काठमाडौँ, २६ असोज । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

एक्कासी स्वास्थ्यमा समस्या आएपछि शनिबार विहान साढे ११ बजे तिर महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरिएको थियो ।

एक दिन उपचार भएपछि उनलाई आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

शनिबार राष्ट्रपति निवास शीतल निवासमा जेन जी प्रतिनिधिहरूसँग वार्ता गर्ने तय भएको थियो । तर स्वास्थ्यका कारण सो वार्ता सोमबारका लागि सारिएको थियो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *