राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

32
Shares

काठमाडौँ, २६ असोज । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

एक्कासी स्वास्थ्यमा समस्या आएपछि शनिबार विहान साढे ११ बजे तिर महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरिएको थियो ।

एक दिन उपचार भएपछि उनलाई आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

शनिबार राष्ट्रपति निवास शीतल निवासमा जेन जी प्रतिनिधिहरूसँग वार्ता गर्ने तय भएको थियो । तर स्वास्थ्यका कारण सो वार्ता सोमबारका लागि सारिएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *