नर्भिक अस्पतालले विश्व बाथ रोग दिवसका अवसरमा निःशुल्क ओपिडी सञ्चालन गर्ने

52
Shares

काठमाडौँ, २४ असोज । नर्भिक इन्टरनेशनल अस्पतालले विश्व बाथ रोग दिवसका अवसरमा निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।

दिवसका अवसरमा यही असोज २६ देखि २९ गतेसम्म निःशुल्क ओपिडी सेवा प्रदान गर्न लागिएको हो । नर्भिक अस्पतालका वरिष्ठ बाथ रोग विषेशज्ञ डा अरुणकुमार गुप्ताले निःशुल्क ओपिडी सेवा दिनेछन । निःशुल्क ओपिडी सेवा उक्त अवधिमा हरेक दिन दिउँसो २ देखि ४ बजेसम्म सञ्चालन हुनेछ ।

यस्तै बाथरोगको प्याकेजमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने अस्पतालको ल्याब परीक्षणमा पनि २० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

जसअनुसार प्याथोलोजी टेस्ट, नन इन्भेजिभ कार्डियाक इन्भेस्टीगेशन, एक्सरे, सीटी तथा एम आर आई र अल्ट्रासाउन्डमा २० प्रतिशत छुट उपलब्ध गराइनेछ । सेवा लिनका लागि फोन नम्बर ०१- ५९७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ ।

विश्व बाथ रोग दिवसका यही असोज २६ गते (१२ अक्टोबर) का दिन नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *