‘जेनजी आन्दोलन’ पछिको पहिलो ठूलो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदै

सम्मेलनमा ४० देशका २०० बढी विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहने
168
Shares

काठमाडौँ, २४ असोज । नेपालमा पहिलो पटक मिर्गौलाको पत्थरी निकाल्ने अत्याधुनिक प्रविधि (मिनि पीसीएनएल) सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

यहि शनिबार र आइतबार (२५ र २६ असोज) हुने सम्मेलनमा नेपाल सहित ४० देशका २०० बढी युरोलोजिष्टहरुको सहभागिता हुने बताइएको छ ।

दरबार मार्गस्थित होटल याक एण्ड यतिमा हुने सम्मेलनको मुख्य आयोजक खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजी (आरुस लाइफस्टाइल अस्पताल) रहेको छ ।

सम्मेलनबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीका मेडिकल डाइरेक्टर तथा वरिष्ठ युरोलोजिष्ट डा. संजय खड्गीले यस खालको मिनी पीसीएनएल प्रविधि सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन नेपालमा पहिलोपटक हुन लागेको बताए ।

उनले भने, ‘यो सम्मेलनले हामी नेपाल पनि मिनी पीसीएनएल प्रविधिमा विश्वमै उत्कृट स्थानमा छ भन्ने जानकारी दिने पनि हो । यही प्रविधिबाट उपचार गर्दा विकसित देशमा १० लाख भन्दा बढी खर्च लाग्छ तर हामी उही गुणस्तर र प्रविधिमा पनि जम्मा ७० देखि ८० हजारमा सर्जरी गछौं । यो कुरा पनि विश्व सामु देखाउने हाम्रो उद्धेश्य हो ।’

डा. खड्गीले सम्मेलनमा १४ जना मिर्गौला पत्थरीका बिरामीको लाइभ सर्जरी हुने बताए । अस्पतालको ओटीमा गरिने सर्जरीको सम्मेलन केन्द्रको हलमा बस्नेले प्रत्यक्ष रुपमा हेर्न र छलफल गर्न सक्छन् । डा. खड्गीले भने, ‘यो सम्मेलनको उद्धेस्य नयाँ र जुनियर युरोलोजिष्टलाई यो सर्जरीका बारेमा बढी भन्दा बढी जानकारी दिने पनि हो । यसले सीप ज्ञान हस्तान्तरण हुन्छ ।’

सम्मेलनमा भाग लिन भारत, बंगलादेश, अमेरिका, यूके, कुवेत, कतार, जर्मनी, श्रीलंका, यमन, युएई, दक्षिण अफ्रिका, पाकिस्तान, इराक, इजिष्ट लगायतका ४० देशका २ सय बढी विज्ञहरुको सहभागिता रहनेछ भने मिर्गौला पत्थरी, प्रविधि लगायतका विविध २० वटा विषयमा प्रस्तुतीकरण रहने पनि बताइएको छ ।

सम्मेलनको उद्घाटन शनिबार बरिष्ठ युरोलोजिष्ट प्राडा जगदीशलाल वैद्यले गर्ने डा खड्गीले जानकारी दिए ।
यस सम्मेलनमा सहभागी चिकित्सकहरुले सर्जरीमा भाग लिने भएकोले नेपाल मेडिकल काउन्सिलबाट अनुमति लिनु परेको समेत उनले जानकारी दिए ।

नेपालमा यतिवेला विदेशी पर्यटक भित्रने सिजन समेत सुरु भएको छ । तर गत महिनाको जेनजी आन्दोलनले यसपटकको सिजनलाई निकै अफ्टेरो पारेको छ । यस्तो बेलामा धेरै देशबाट आउने विदेशी चिकित्सकहरुको उपस्थितिले अन्तर्राष्ट्रिय बृत्तमा पछिल्लो महिना देखि बिग्रिएको भनिएको नेपालको बातावरण तथा नेपाललाई हेर्ने दृष्टिकोणलाई सुधार गर्न समेत सहयोग हुने विश्वास गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *