बरिष्ठ न्युरोलोजिष्ट डा. अभिनाशलाई अन्तर्राष्ट्रिय स्तरको ‘पब्लिक सर्भिस अवार्ड’

152
Shares

काठमाडौँ, २२ असोज । इन्टरनेशनल पार्किन्सन एण्ड मुभमेन्ट डिसअर्डर सोसाइटी (एमडीएस)ले वीर अस्पतालका सिनियर कन्सलटेन्ट न्युरोलोजिष्ट डा. अभिनाश चन्द्रलाई यस वर्षको पब्लिक सर्भिस अवार्ड प्रदान गर्ने निर्णय गरेको छ ।

पार्किन्सनका बिरामीहरुको उपचार सेवा र सचेतना तथा मुभमेन्ट डिसअर्डरमा उत्कृष्ठ कार्य गरेको भन्दै एमडीएसले डा. अभिनाशलाई यो अवार्ड प्रदान गर्ने निर्णय गरेको हो ।

अमेरिकामा जारी एमडीएसको बार्षिक सम्मेलनका अवसरमा मंगलबार आयोजित विशेष समारोहमा अन्य विधाका समेत अवार्ड घोषणा गर्ने क्रम डा. अभिनाशलाई यस वर्षको पब्लिक सर्भिस अवार्ड प्रदान गर्ने निर्णय भएको बताइएको थियो ।

डा. अभिनाशले अस्पतालको सेवा तथा दे्शका विभिन्न ठाउँमा निशुल्क शिविरहरू, जागरूकता अभियानहरू, र युवा डाक्टरहरूलाई तालीम लगायतका कार्यमा योगदान दिदै आएका छन् ।

‘एमडीएसले मेरो कामलाई मूल्यांकन गर्दै सम्मान दिने निर्णय गरेको कुराले खुशी लाग्नु स्वभाविक नै हो, यसले प्रेरणा जगाएको छ साथ साथै थप सेवामा लाग्न दायित्व पनि थपिएको छ,’ डा. अभिनाशले भने ।

उनले आफ्नो अवार्ड अमेरिकामा घोषणा गरे पनि आफूले नेपालबाटै ‘भर्च्युअल’ सहभागिता जनाएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *