म्याग्नस फर्मा ‘पारासिटामोल इन्फ्युजन’सहित ‘इन्जेक्टेबल्स सेग्मेन्ट’मा प्रवेश

32
Shares

काठमाडौं, १० असोज । नेपालमा उच्च गुणस्तरीय औषधी उत्पादन र बिक्री वितरण गर्दै आइरहेको म्याग्नस फर्मा प्राइभेट लिमिटेड पारासिटामोल इन्फ्युजन (PARACARE) सहित इन्जेक्टेबल्स (Injectables) सेग्मेन्टमा प्रवेश गरेको छ।

कम्पनीले उच्च गुणस्तरका इन्जेक्टेबल्स उत्पादनका लागि अत्याधुनिक प्रविधिसहितको उत्पादन प्लान्टमा ठूलो लगानी गरेको छ।

अधिकांश मेसिनहरू अटोमेशन प्रणालीमा आधारित भएकाले मानव हस्तक्षेप न्यून हुने र उत्पादनको गुणस्तर उच्च स्तरमा कायम रहने कम्पनीले जनाएको छ।

म्याग्नस फर्मामा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’ले विभिन्न इन्जेक्टेबल्स औषधीको भाइल र एम्पुलको उत्पादन सुरु गरेको छ।

“इन्जेक्टेबल्स उत्पादनमा गुणस्तर सधैं मुख्य चिन्ताको विषय रहँदै आएको छ। हामीले यस विषयलाई प्राथमिकता दिँदै कुनैपनि कमजोरी नगरी उत्पादन प्रक्रियामा विश्वस्तरीय उच्चतम मापदण्ड अपनाएका छौं,” म्याग्नस फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले भने ।

उनका अनुसार कम्पनीले अहिले पाँच प्रकारका इन्जेक्सन ब्रान्डहरू बजारमा ल्याइसकेको छ । त्यसमा PARACARE (पारासिटामोल इन्फ्युजन), PETOR (प्यान्टोप्राजोल इन्जेक्सन), LEVETAM (लेभेटिरासेटाम इन्जेक्सन), FUROMID (फ्युरोसेमाइड इन्जेक्सन) र HYOMAX (हायोसिन इन्जेक्सन) रहेको छ ।

प्रबन्ध निर्देशक मास्केले यो म्याग्नस फर्माको लागि मात्र सुरुवात हो भन्दै  कम्पनीले निकट भविष्यमा अझ धेरै प्रकारका इन्जेक्टेबल्स औषधिहरू सबैभन्दा प्रतिस्पर्धी मूल्यमा र उच्चतम गुणस्तरसहित बजारमा ल्याउने तयारी गरिरहेको बताए ।

त्यसो त नेपालको बजारमा नेपाली औषधी उद्योगले मुख्य रूपमा ट्याब्लेट र क्याप्सुल उत्पादनमा ठूलो फड्को मारेको भए पनि, इन्जेक्सनका क्षेत्रमा भारतीय तथा बहुराष्ट्रिय औषधी कम्पनीहरूको नै दवदवा देखिन्छ ।

म्याग्नस फार्माले इन्जेक्टेबल्सको सुरुवातबाट विदेशी कम्पनीको दवदवालाई कम गर्ने र देशलाई औषधी आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण कदम कदम हुन सक्ने जनाएको छ । उसले कम्पनीको पछिल्लो कदमले नेपाली औषधी बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरेको छ । प्रवन्ध निर्देशक मास्के भन्छन्, ‘म्याग्नस फार्माले इन्जेक्टेबल्सको सुरुवात गरेसंगै औषधीको गुणस्तर र प्रविधिमा समेत नयाँ मापदण्ड स्थापित गर्नेछ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *