बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मीको ‘मुटुका कुरा’ सार्वजनिक

208
Shares

काठमाडौँ, १० असोज । बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मीद्धारा लिखित ‘मुटुका कुरा’ पुस्तक बिमोचन भएको छ ।

विश्व मुटु दिवसको सन्दर्भमा बिहीबार नेपाल एनसीडी एलायन्स र रोटरी क्लव अफ पाटनको संयुक्त संयुक्त आयोजनामा भएको विशेष समारोहमा पुस्तक बिमोचन गरिएको हो ।

उक्त पुस्तकको बिमोचन बाथ मुटुरोग र जन्मजात मुटुरोग लागि ओपन हार्ट सर्जरी गरी निको भएका दुई बालबालिका विशाल गजमेर र कल्पना तामाङको हातबाट गरिएको थियो ।

पुस्तक बिमोचन समारोहमा बोल्दै डा. रेग्मीले आफ्नो अध्ययन्, कार्य अनुभव र अन्तरक्रिया कार्यक्रमबा प्राप्त सेवाग्राहीहरुका समस्या एवं सुझाव समेतको आधारमा यो पुस्तक तयार गरिएको बताए । उनले भने, ‘मैले सकेसम्म आम जनताको दैनिक जीवनमा उपयोगी हुने विषयवस्तुलाई यसमा समेटने प्रयास गरेको छु । पुस्तकका सामग्रीहरु पाठकलाई रोचक र लाभदायी हुने विश्वास लिएको छु ।’

त्यसो डा. रेग्मीका यसअघि नै मुटुरोग सम्वन्धी विभिन्न पुस्तकहरु प्रकाशित भईसकेका छन् ।  तर ती पुस्तकमा छुटेका कतिपय विषयहरु र कतिपय अध्यावधिक विषयहरुलाई यसमा समेटिएको छ ।

यसले आम पाठक, बिरामी र तिनका आफन्तहरुलाई मुटु स्वस्थ राख्नका लागि खानपान तथा जीवन शैलीमा कसरी ध्यान दिने भन्ने बारेमा सरल ढंगले उल्लेख गरिएको भन्दै डा रेग्मीले पढने व्यक्तिलाई फाइदा हुने बताए ।

पुस्तकका सम्पादक लक्ष्मण अधिकारीले यस पुस्तकमा पनि मुटु र मुटुरोगका विविध पक्षलाई उठान गरिएको भन्दै मानिसको दैनिक जीवनमा उपभोग गरिने खाद्य पदार्थहरु अण्डा, घिउ, चिया, कफि, दुध, नुन, पानी, तेल, चामल, चिनी, खुर्सानी, जंक फुड, रक्सी, धूमपान, निद्रा, रक्सी र औषधीको अन्तरक्रिया लगायत स्वास्थ्यका ६१ वटा शीर्षकका सामग्रीहरु प्रकाशित गरिएको जनाए ।

कार्यक्रममा जनस्वास्थ्यविद् डा अरुणा उप्रेती, लेखक तथा पत्रकार श्रीराम सिंह बस्नेतले पुस्तकमाथी समीक्षा गरेका थिए ।

कार्यक्रममा रोटरी क्लव अफ पाटनका खड्ग विष्ट, नेपाल हृदयरोग निवारण प्रतिष्ठानका डा सत्य नारायण सुवाल, नेपाल एनसीडी एलायन्सका सह अध्यक्ष डा शान्तलाल मुल्मी लगायतले मुटुरोगको उपचार साथै रोकथामका लागि डा रेग्मीले गरेका कामका बारेमा प्रसंशा गरे ।

‘मुटुका कुरा’ पुस्तकको मूल्य ५०० रुपैयाँ राखिएको छ । तर यस पुस्तकको बिक्रीबाट प्राप्त रकम मुटुरोग रोकथामका लागि उपयोग गरिने डा. रेग्मीले स्पष्ट पारे ।

विश्व मुटु दिवस आगामी सोमबार अर्थात २९ सेप्टेम्बरका दिन मनाइने गरिन्छ । नेपालमा भने यसपटक दशैंको विदा पर्ने भएकोले रोटरी र एलायन्सले बिहीबार नै कार्यक्रमको आयोजना गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *