डा. संगीता कौशल मिश्राले दिईन अतिरिक्त सचिव पदबाट राजिनामा, स्वास्थ्य मन्त्री बन्ने सम्भावना बढ्यो

232
Shares

काठमाडौँ, ५ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राले पदबाट राजिनामा दिएकी छन् । स्वास्थ्य मन्त्री बन्ने चर्चाकाबीच उनको सरकारी सेवाबाट राजिनामा आएको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अहिले बसिरहेको मन्त्रिपरिषद्को बैठकले राजिनामा स्वीकृत गर्ने तयारी छ ।

यस लगत्तै प्रधानमन्त्री सुशीला कार्कीले उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा सिफारिस गर्न लागेको बताइएको छ ।

‘हिजो अस्ति देखि नै यस विषयमा छलफल चलेको थियो । मन्त्री हुने पक्का भएपछि पदबाट राजिनामा दिनु भएको हो । स्वास्थ्यको विज्ञ भएकोले पनि उहाँलाई स्वास्थ्यमै जाने ईच्छा छ । सोही अनुसार नै हुन्छ होला,’ स्रोतले भन्यो ।

सरकारले गत फागुनको तेस्रो साता डा. विकास देवकोटालाई स्वास्थ्य सचिव बनाए पछि डा. मिश्राले आफूमाथि अन्याय भएको भन्दै निर्णय विरुद्ध सर्बोच्च अदालतमा मुद्धा दायर गरेकी थिईन । सो मुद्धा अहिलेसम्म हेर्दा हेर्दैमा थियो । स्रोतले मन्त्री बन्ने पक्का भएपछि मुद्धा समेत फिर्ता लिएको बताएको छ ।

डा. मिश्रा प्रसूति तथा स्त्री रोग विशेषज्ञ समेत हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *