वीरगञ्जमा फैलिएको हैजा अझै नियन्त्रणमा आएन

40
Shares

पर्सा, ४ असोज । विगत एक महिना देखि वीरगञ्जमा फैलिएको हैजा अझै नियन्त्रणमा आउन सकेको छैन । अहिलेसम्म वीरगञ्जमा एक हजार ४३३ भन्दा बढी हैजाका संक्रमित भेटिएका छन् । यद्धपी हैजा नै पुष्टि हुने गरी अहिलेसम्म मृत्यु भएको छैन ।

भदौको अन्तिम तिर संक्रमण घट्दो क्रममा थियो । तर गत १ असोजका दिन नारायणी अस्पतालमा एकै पटक २४ जना हैजा संक्रमित बिरामी आए । २ असोजका दिन १५ जना थपिए ।

महामारीको रुप लिन लागेको हैजा नियन्त्रणमा आयो भनेर खुशी भएका नारायणी अस्पतालका चिकित्सकहरु त्यसबेला आत्तिए जब एकैपटक इमरजेन्सीमा २४ जना संक्रमितहरु आए ।

‘हामी केही समय त आत्तियौँ नै, पुन: संक्रमण फैलियो भनेर । किनभने भदौको अन्तिम तिर फाटफुट मात्रै केशहरु देखिएको थियो । पछि एकै दिन बढेर आउँदा डर लागेको हो । २ असोजका दिन १५ र ३ असोजका दिन १२ जना नयाँ संक्रमित आए । आज अहिलेसम्म ३ जना नयाँ केश आएको छ,’ नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दासले भने । उनका अनुसार १ असोजमा एकैपटक धेरै बिरामी आउँदा अस्पतालले बेड नपुगेर भुईमा म्याट राखेर उपचार गर्नु परेको थियो ।

अहिले भने बेडमै राखेर उपचार गर्न मिलेको उनले बताए ।

हैजाबाट बढी प्रभावित वीरगञ्ज महानगरपालिका १२, १३ र १४ नम्बर वडाहरु हुन् ।

अघिल्लो लहरमा नारायणी अस्पतालसंगै, तराई अस्पताल, नेशनल मेडिकल कलेज लगायतका विभिन्न निजी अस्पतालमा बिरामीको चाप थियो ।

सरकारले हैजाको नि:शुल्क उपचारको व्यवस्था गरेपछि अहिले धेरै बिरामीहरु नारायणी अस्पतालमा पुग्ने गरेका छन् ।

डा. दासले समुदायमा अहिले पनि हैजाको जिवाणु रहिरहेकोले सावधानी अपनाउन नसक्दाका बेला पुन: विस्फोट हुन सक्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *