स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा सरुवा, काज र कामकाज सम्वन्धी काम स्थगित

100
Shares
फाइल फोटो

काठमाडौँ, ३ असोज ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक सेवा प्रभावसंग सम्बन्धित सेवा बाहेक सरुवा, काज, कामकाज सम्वन्धी काम कारवाहीहरु स्थगित भएको जनाएको छ ।

मन्त्रालयले आज सूचना जारी गर्दै सरुवा काज कामकाज सम्वन्धी काम अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएको हो ।

मन्त्रालयले २३ र २४ भदौमा भएको प्रदर्शनका क्रममा भएको आगलागीबाट भवनको संरचना र त्यस भित्र रहेका सम्पूर्ण अभिलेखहरु जलि नष्ट भएको उल्लेख गरेको छ ।

गत २३ भदौमा जेनजी नेतृत्वको आन्दोलनमा सरकारले व्यापक दमन गर्दा २४ भदौमा जेनजीसंगै स्वतस्फूर्त नागरिक समुदाय सडकमा आएको थियो ।

सो क्रममा प्रदर्शनले उग्र रुप लिँदा प्रदर्शनकारीहरुले ठूला सरकारी निकायहरुमा तोडफोड लुटपाट र आगजनी गरेका थिए । सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सो क्षति व्यहोरेको हो ।

अहिले मन्त्रलायको मुख्य भवन जलेर पूर्ण रुपमा नष्ट भएको छ । मन्त्रालयले अहिले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनमा एउटा फ्ल्याट लिएर कामकाज अघि बढाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *