मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीलाई बंगलादेशमा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

112
Shares

काठमाडौँ, ३ असोज । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक प्राध्यापक एवं मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीले बंगलादेशमा एक्सिलेन्स इन ग्लोबल क्यान्सर सर्भिस एण्ड आउटरिच अवार्ड प्राप्त गरेका छन् ।

क्यान्सर उपचार तथा रोगथाममा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा उत्कृष्ठ कार्य गर्ने चिकित्सकलाई मेडिकल अंकोलोली सोसाइटी इन बंगलादेश (एमओएसबी)ले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड यसपटक डा शाहीले प्राप्त गरेका हुन् । यहि अवार्ड गतवर्ष जापान र त्यसअघि श्रीलंकाका चिकित्सकले प्राप्त गरेका थिए ।

एमओएसबीको शुक्रबार देखि बंगलादेशको राजधानी ढाकामा सुरु भएको दुई दिने एएससीओ एण्ड एमओएसबी कंग्रेस २०२५ को अवसर पारेर प्रदान गरिएको हो ।

ढाकास्थित नेशनल इन्स्टिच्युट अफ क्यान्सर रिसर्च एण्ड हस्पिटलबाट मेडिकल अंकोलोजीमा स्नातकोत्तर गरेका डा शाहीले नेपालमा क्यान्सर उपचार तथा रोकथाममा महत्वपूर्ण योगदान गर्दै आएका छन् ।

उनले विशेषगरी विपन्न तथा पहुँच विहीनहरुको उपचार सेवामा केन्द्रीत रहेर काम गर्दै आएका छन् ।

अवार्ड वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सार्क फेडरेसन अफ अंकोलोजीका पेट्रोन प्राध्यापक एमए हाई, सोसाइटीका अध्यक्ष प्राडा परविन शाहीदा र महासचिव सह प्राध्यापक डा मोहम्मद रफिकुल इस्लामले शाहीलाई सम्मान गरेका थिए । सो अवसरमा उनीहरुले नेपाल र बंगलादेशबीचको चिकित्सा क्षेत्रमा बढ्दो सहकार्यको समेत उच्च प्रशंसा गरेका थिए ।

अवार्ड प्राप्त गरेपछि डा शाहीले क्यान्सर उपचारका क्षेत्रमा काम गर्न थप उर्जा प्राप्त भएको भन्दै नेपाललाई क्यान्सर उपचारको क्षेत्रमा विश्व समुदायसंगै अग्रपङ्तीमा उभ्याउन बल पुगेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *