जेन जी प्रदर्शनका क्रममा ज्यान गुमाएको सम्मानमा आज राष्ट्रिय शोक मनाईदै
सरकारले दियो सार्वजनिक विदा
काठमाडौँ, १ असोज । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो।
‘यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भएको बेहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
जेनजी नेतृत्वमा भएको आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको ज्यान गएको छ । १८०० हजार बढी घाइते भएका थिए ।
सम्पर्क इमेल : [email protected]