कार्की नेतृत्वको सरकारको मन्त्रिमण्डलमा बढीमा ११ जना

156
Shares

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले बर्तमान सरकारको मन्त्रिमण्डल बढीमा ११ सदस्यी हुने बताएकी छन् । बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा उनले मन्त्रिमण्डल सानो आकारको बनाउने भन्दै यस्तो बताएकी हुन् ।

‘देशमा २५ वटा संघीय मन्त्रालय छ । देशमा २५ वटा मन्त्रालय छ क्यारे तर हाम्रो सरकार बढीमा ११ सदस्यी हुन्छ । त्यसैले हरेक मन्त्रीले कम्तिमा दुईवटा मन्त्रालय सम्हाल्नु पर्ने हुन्छ,’ प्रधानमन्त्री कार्कीले अघि थपिन्, ‘अव सहभागी हुने मन्त्रीहरु समावेशी पद्धतीबाट चुनिन्छन् । उनले आदिवासी जनजाति, महिला, मधेशी, मुस्लिम लगायतका प्रतिनिधिहरु छान्ने योजना छ । त्यसमा राजनीतिबाट टाढा रहेका व्यक्तिहरु हुनेछन् ।’

एक प्रश्नमा उनले राष्ट्रपति रामचन्द्र पौडेलले आफूलाई सरकार गठन गर्दा राजनीतिक दलबाट एक एक जना प्रतिनिधि समावेश गर्न सुझाव आए पनि अटेरी गरेको बताईन् ।

कार्की नेतृत्वमा अहिलेसम्म तीन जना मन्त्रीहरु नियुक्त भएका छन् । त्यसमा अर्थ मन्त्री रामेश्वर खनाल, उर्जा, शहरी विकास र भौतिक पूर्वाधार मन्त्रीमा कुलमान घिसिङ र गृह र कानून मन्त्रालय सम्हाल्ने गरी ओमप्रकाश अर्याल आएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *