प्रधानमन्त्री कार्की नियमित आँखा जाँचका लागि पुगिन् तिलगंगा अस्पताल

56
Shares

काठमाडौँ, ३१ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगंगा अस्पताल गएकी छन् ।

प्रधानमन्त्री कार्कीले आज तिलगंगा पुगी आँखाको नियमित जाँच गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

वरिष्ठ नेत्रविशेषज्ञ डा. सन्दुक रुइत र डा. रिता गुरुङले प्रधानमन्त्री कार्कीको आँखा जाँच गरेको अस्पतालले जनाएको छ ।

आँखाको उपचारका क्रममा तीन महिनाअघि उनको मोतिबिन्दु (आँखाको नानीमा जालो पर्ने एक रोग) को शल्यक्रिया गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *