प्रधानमन्त्री कार्की नियमित आँखा जाँचका लागि पुगिन् तिलगंगा अस्पताल
काठमाडौँ, ३१ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगंगा अस्पताल गएकी छन् ।
प्रधानमन्त्री कार्कीले आज तिलगंगा पुगी आँखाको नियमित जाँच गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
वरिष्ठ नेत्रविशेषज्ञ डा. सन्दुक रुइत र डा. रिता गुरुङले प्रधानमन्त्री कार्कीको आँखा जाँच गरेको अस्पतालले जनाएको छ ।
आँखाको उपचारका क्रममा तीन महिनाअघि उनको मोतिबिन्दु (आँखाको नानीमा जालो पर्ने एक रोग) को शल्यक्रिया गरिएको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]