जेनजी आन्दोलनका शहीदका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिईने (निर्णयहरु सहित)
काठमाडौँ, ३० भदौ । । सरकारले जेनजी आन्दोलनमा शहिद भएका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । आज बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो ।
यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । मन्त्रीपरिषद वैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।
बैठक पछि निर्णय सुनाउने क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले क्षतिपूर्ति रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई उपलव्ध गराउने र सम्वन्धित जिल्ला प्रशासन कार्यालय मार्फत मृतकको परिवारसमक्ष पुरयाउने निर्णय भएको बताए । यस्तै घाईतेहरुको उपचार निशुल्क गर्ने समेत निर्णय गरेको छ ।
यसैगरी बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुको सम्झनामा १ असोजका दिन शोक मनाउने निर्णय गरेको छ । सो दिन सरकारले आधा झण्डा झुकाउने र सार्वजनिक विदा दिने निर्णय भएको बताए ।
यसैगरी जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने निर्णय भएको समेत उनले बताए ।
जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय भएको समेत मन्त्री अर्यालले जानकारी दिए ।
सोमबारको बैठकले अघिल्लो सरकारको मन्त्रिपरिषद्मा पेश भई निर्णय नभएका सम्पूर्ण प्रस्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको समेत बताए ।
सम्पर्क इमेल : [email protected]