कार्की नेतृत्वको सरकारमा सहभागी हुन तीन जना मन्त्रीको टुंगो लाग्यो
काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ ।
बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा पूर्व अर्थ सचिव रामेश्वर खनाल, गृह मन्त्रालयमा अधिवक्ता ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।
गृहमन्त्री अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन् । घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।
उनीहरुको सपथ सोमबार विहान हुने बताइएको छ ।
जेनजी आन्दोलन पछि केपी ओली नेतृत्वको सरकारले राजिनामा दिएपछि गत शुक्रबार सर्बोच्च अदालतको पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी थिईन् ।
उनले नियुक्त भए लगत्तै प्रतिनिधिसभा विगटनको सिफारिस गरेकी थिईन भने राष्ट्रपति रामचन्द्र पौडेलले सिफारिसलाई स्वीकृत गर्दै २१ फागुनका लागि प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन गर्ने मिति तोकिईसकेको छ ।
छ महिने यो सरकारमा गैर राजनीतिक व्यक्तिलाई नियुक्ती गर्ने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]