नव नियुक्त प्रधानमन्त्री कार्कीद्धारा पदभार ग्रहण

40
Shares

काठमाडौँ, २९ भदौ ।  प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।

त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।

पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्दै १० लाख रुपैयाँ राहत दिने निर्णय भएको जानकारी दिईन् ।

उनले घाइतेहरुको निशुल्क उपचार तथा थप केही आर्थिक सहयोग गर्ने बताईन ।

प्रधानमन्त्री कार्कीले जलेका भौतिक संरचनालाई पुर्न निर्माण गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

सरकारले दिएको जानकारी अनुसार यस आन्दोलनमा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । अस्पतालमा ५४ जना प्रहरी सहित १९१ जनाको उपचार भईरहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *