जोगियो स्वास्थ्य सेवा विभाग, आजबाट नियमित काम सुरु

काठमाडौँ, २९ भदौ । जेन जी आन्दोलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जलेर ध्वस्त भएपनि टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा कुनै क्षति हुन पाएन ।
मुख्य सडक देखि अलिकति भित्र रहेको विभाग कुनै क्षति नभएपछि आजबाट पूर्ववतरुपमा नियमित रुपमा काम सुरु हुने बताइएको छ ।
विभागका महानिर्देशक डा टंकप्रसाद बाराकोटी भन्छन्, ‘आन्दोलनका क्रममा विभाग परिसरका कुनै पनि कार्यालयहरुमा क्षति भएको छैन । त्यसैले हामी आजबाट पूर्ण रुपमा नियमित रुपले काममा फर्किदै छौँ ।’
विभागमा परिसरमा महानिर्देशकको कार्यालय देखि परिवार कल्याण महाशाखा, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग, व्यवस्थापन महशाखा, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र, आपूर्ति शाखा, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, आर्थिक प्रशासन शाखा, उपचारात्मक सेवा महाशाखा, राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायतका कार्यालयहरु छन् ।
महानिर्देशक बाराकोटीले विभागको क्षतिको रुपमा इडिसिडीबाट हैजा प्रभावित क्षेत्र वीरगञ्ज गएका एक जना कर्मचारीले लगेको गाडी पार्किङ गरिरहेको वीरगञ्ज महानगरपालिकामा तोडफोड हुँदा तोडफोडमा परेको बताए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



