जेनजी आन्दोलनका घाइते भेटन ट्रमा सेन्टर जाँदै प्रधानमन्त्री कार्की

108
Shares

काठमाडौँ, २८ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की आज जेनजी समूहको अगुवाईमा भएको आन्दोलनका घाइतेहरूलाई भेट्न काठमाडौँका विभिन्न अस्पतालमा जाँदै छन् ।

प्रधानमन्त्री कार्की अहिले केही बेरमा राष्ट्रिय ट्रमा सेन्टरमा पुग्दै छिन् । अहिले ट्रमा सेन्टरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यस्तै सिभिल अस्पताल, केएमसी लगायतका अस्पतालहरुमा जाने कार्यक्रम छ ।

त्यसपछि उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने छिन् । प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही प्रहरीको मृत्यु भएको थियो ।

जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । १८०० बढी घाइते भएका थिए ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *