सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त
काठमाडौँ, २७ भदौ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
यो संगै कार्की नेपालकै पहिलो महिला प्रधानमन्त्री बन्ने इतिहास रच्न सफल भएकी छन् । त्यसो त उनले यसअघि पनि पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी हुन् ।
कार्कीलाई प्रधानमन्त्री बनाउन हिजो राती नै सहमति जुटेको थियो । तर संसद विगटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति हुन नसक्दा ढिलाई भएको थियो ।
स्रोतका अनुसार राष्ट्रपति पौडेलले संसद विघटन र राष्ट्रपतिलाई नियुक्ती गरिएको एउटै पत्र तयार गरिएको छ । यो बीचको बाटोमा दुबै पक्ष सहमति भएपछि कोर्ष अघि बढेको हो ।
नव नियुक्त प्रधानमन्त्री कार्कीले आजै केही बेरमा राष्ट्रपति पौडेलसंग सपथ लिने र सिंहदरबार गएर पदवहाली गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]