राष्ट्रपति निवासमा सहमति जुट्यो, प्रतिनिधि सभा विघटन र कार्कीको नेतृत्वमा नयाँ सरकार गठन आजै
काठमाडौँ, २७ भदौ । देशले आजै नयाँ सरकार प्रमुख पाउने भएको छ । नयाँ सरकारको प्रमुख पूर्व प्रधानन्यायाधीश सुशीला कार्की हुने भएकी छन् ।
राष्ट्रपतिको सरकारी निवासमा केहीबेर अघि राष्ट्रपति रामचन्द्र पौडेल, जेनजी प्रतिनिधि र सुशीला कार्कीबीच भएको छलफलमा प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको स्रोतले बताएको छ ।
सहमतिअनुसार आज शुक्रबारै संसद् विघटनलगत्तै अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गर्ने र उनलाई आज नै सपथ ग्रहण गराउने तयारी रहेको बताइएको छ ।
जेनजी नेतृत्वको आन्दोलन उत्कर्षमा पुग्दा गत २४ भदौमा केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । उनको राजिनामा सोही दिन नै स्वीकृत भईसकेको थियो ।
सम्पर्क इमेल : [email protected]