जेनजी आन्दोलनको क्रममा आगोले पोलिएकी पूर्वप्रम खनाल पत्नीसहित २५ जना घाइतेको कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै

28
Shares

काठमाडौँ, २५ भदौ । काठमाडौँ उपत्यकामा हिजो भएको आन्दोलनमा आगोले पोलिएकी पूर्व प्रधानमन्त्री झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकारसहित २५ जना घाइतेको अहिले कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचार भईरहेको छ ।

ती मध्ये तीन जनालाई भर्ना गरिएको कीर्तिपुर बर्न सेन्टरका प्रमुख डा. किरण नकर्मीले जानकारी दिए ।

‘हिजोको आन्दोलनका क्रममा क्रममा आगोमा पोलिएका धेरै जना आउनु भएको छ । त्यसमा केहीको अवस्था गम्भीर छ,’ उनले भने ।

अस्पतालले अहिलेसम्म आन्दोलनका घाइतेमध्ये तीन जनालाई भर्ना गरेर उपचार गरेको जनाएको छ ।

चित्रकारको अवस्था गम्भीर

यसैबीच आन्दोलनकारीले घरमा आगो लगाउँदा जलेकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको हिजो देखि नै कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भईरहेको छ । तर उनको अवस्था गम्भीर छ ।

डा. नकर्मीले भने, ‘आन्दोलनका क्रममा घाइते भएर आएका २५ जना बढीको उपचार भईरहेको छ, त्यसमध्ये चित्रकार पनि एक हुनुहुन्छ । उहाँका अवस्था क्रिटिकल नै छ ।’

उनले केही पोलिएको र गोली समेत लागेको घाइते पनि अस्पतालमा आएको बताएका छन् ।

सोमबारको प्रदर्शनमा सरकारले दमन गरेको भन्दै मंगलबार आक्रोशित भिडले सरकारी भवन संगै राजनीतिक दलका नेताहरुको निवासलाई बढी टार्गेट गरेका थिए । सोही क्रममा चित्रकार आगोमा परेकी हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *