काठमाडौँ महानगरपालिकाद्धारा महानगर भित्रका अस्पतालहरुका लागि सहयोग अपिल

काठमाडौँ, २४ भदौ । काठमाडौँ महानगरपालिकाले महानगरपालिका भित्रका अस्पतालहरुमा उपचाररत घाइतेका लागि सहयोग गर्न आव्हान गरेको छ । उसले विभिन्न अस्पतालमा उपचार, खाना तथा अन्य आवश्यक सहयोगका लागि आम आवश्यक व्यवस्था मिलाएको भन्दै सहयोग गर्न अपिल गरेको छ ।
महानगरले सूचना जारी गर्दै सिभिल अस्पताल, ट्रमा सेन्टर, वीर अस्पताल, टी।यू। टिचिङ अस्पताल र केएमसी सिनामंगलमा महानगरको व्यवस्थापन टोली, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी खटिएका भन्दै अन्य स्थानमा सहजीकरणका लागि सेन्ट्रल टोली पनि खटिएको उल्लेख गरेको छ ।
सूचनामा भनिएको छ, ‘यदि तपाईँ आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्यकर्मी, रगत वा अन्य लजिस्टिक सहयोग गर्न चाहनुहुन्छ भने तलको लिंकमा रहेको फारम भर्नुहोस्’ भनिएको छ ।
यस्तो छ लिंक:
घाइतेको सहयोग फारम
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

