काठमाडौँमा अनिश्चितकालिन कर्फ्यु

काठमाडौँ, २४ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज विहान साढे ८ बजे देखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि काठमाडौँ महानगरपालिका भित्रका विभिन्न स्थानलाई चार किल्ला तोकी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आज सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको हो ।
कहाँ कहाँ कर्फ्यु ?
काठमाडौँ महानगरपालिकाको बालकुमारी पुल देखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयंम्भू, कलंकी, बल्खु हुँदै बागमती नदि पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भूभागमा कर्फ्यु आदेश जारी गरिएको छ ।
सोमबार जेन जी आन्दोलनमा चर्को दमन उत्रिएको सरकारले ठूलो मानवीय क्षति पुरयाएको थियो । त्यसको विरोधमा आज हुन सक्ने सम्भावित प्रदर्शनलाई रोक्न विहान देखि नै अनिश्चितकालिन कर्फ्युको घोषणा गरिएको हो ।
हेर्नुहोस सूचना

सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

