अपडेट : राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु हुनेको संख्या आठ पुग्यो, कुल मृतकको संख्या १८

घाईतेको संख्या २५६ जना
0
Shares

काठमाडौँ, २३ भदौ । जेन जी पुस्ताको अगुवाईमा आज भएको प्रदर्शनमा प्रहरीको गोली लागि मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ ।

उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याइएका मध्ये आठ जनाको मृत्यु भएको अस्पतालमा उपचारमा सम्लग्न एक चिकित्सकले बताए । त्यहाँ अझै दश बढीको अवस्था गम्भीर रहेको उनले बताए ।

मृतक मध्ये तीन जनाको सनाखत भएको छ । अस्पताल स्रोतका अनुसार ट्रमामा मृत्यु भएका आठ मध्ये ग्लोबल कलेजमा अध्ययनरत श्रीराम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभ राज श्रेष्ठ र कीर्तिपुर बस्ने ४२ वर्षीय बुद्धि बहादुर तामाङ रहेका छन् ।

स्वास्थ्य मन्त्रालयलका अनुसार आजको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ भने २ सय ५६ घाइते भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *