आन्दोलनका थप घाइतेलाई त्रिवि शिक्षण अस्पतालमा लैजाने तयारी

28
Shares

काठमाडौँ, २३ भदौ । नयाँ बानेश्वर क्षेत्रमा आज भएको प्रदर्शनका क्रममा भएका थप घाइतेहरुलाई त्रिवि शिक्षण अस्पतालमा समेत लैजाने तयारी भएको छ । अस्पतालले ठूलो संख्यामा घाइते आउँदै गरेको सूचना पाएपछि अहिले तयारी अवस्थामा बसेको जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालका आकस्मिक विभागका प्रमुख डा रमेशकुमार महर्जनले आफूहरुलाई आन्दोलनका घाइतेहरु आउन लागेको खबर आएपछि आफुहरु तयारी अवस्थामा रहेको बताए । उनले भने, हामीलाई खबर आएको छ । घाइतेहरु आउँदैछन् भनेर हामी तयारीमा रहेका छौँ । उनले भने ।

जेनजी पुस्ताको अगुवाईमा आज भएको प्रदर्शन नयाँ बानेश्वरमा पुग्दा हिंसात्मक रुप लिएको थियो । प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोड्दै संसद भवन छिर्ने कोशिश गरेपछि झडप भएको हो । सो क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

सिभिल अस्पतालका निर्देशक डा मोहनचन्द्र रेग्मीका अनुसार उपचारका क्रममा गोली लागेका एक जनाको मृत्यु भएको हो । अरु ८० जना भन्दा भन्दा बढी घाइतेको उपचार भइरहेको बताए ।

उनले क्षमता भन्दा बढी घाइतेहरु एकैपटक आउँदा अस्पताल परिसर नै अस्तव्यस्त अवस्थामा पुगेको थियो । केही घाइतेहरुलाई एभरेष्ट अस्पतालमा समेत उपचार गरिएको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *